aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० असोज २०७९
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

उदयपुर । चौदण्डीगढी नगरपालिका ४ बसाह मेजरचोक बस्ने गौतम राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ७ सय २० रुपैयाँ र ३० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस