aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

श्रीमतीलाई ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भन्दै सिंहदरबारमा मृत भेटिए नायब सुब्बा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
श्रीमतीलाई ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भन्दै सिंहदरबारमा मृत भेटिए नायब सुब्बा

काठमाडौं । मंगलबार देशकाे मुख्य प्रशासनिक केन्द्रभित्रै मृत भेटिएका राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै  मृत भेटिएका थिए । उनको सुसाइड नोट प्रहरीले फेला पारेकाे छ ।  

अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन् ।

घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् । यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ ।

उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ । औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ ।

मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।

प्रतिक्रिया दिनुहोस