aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

आज नवरात्रको तेस्रो दिन: यसरी गर्नुहोस् चन्द्रघण्टा भगवतीको पूजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
आज नवरात्रको तेस्रो दिन: यसरी गर्नुहोस् चन्द्रघण्टा भगवतीको पूजा

काठमाडौं । आज दशैंको तेस्रो दिन । यस दिन चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरिन्छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ।

दशैंको तेस्रो दिन देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ। काठमाडौं उपत्यकाभित्र शोभा भगवती, तलेजुभवानी, भद्रकाली, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, नक्साल भगवतीसहितका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुँइचो लागेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस