aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ

काठमाडौं । प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाको टोलीले पक्राउ गरेको हो । 

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै  भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 

पक्राउ परेका क्षत्रीलाई काठमाडौं ल्याइँदै छ ।

प्रतिक्रिया दिनुहोस