
काठमाडौं । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार फरक दृश्य देखिन्थ्यो । ब्यानर बोकेर कांग्रेस नेता नै धर्ना बसेका थिए । सबैको एउटै स्वर थियो, ‘हामी पार्टीभित्र न्याय मागिरहेका छौं । अन्याय सहँदैनौं भनेर विरोध स्वरूप धर्नामा बसेका हौं ।’
उनीहरू धर्नामा बस्नको कारण थियो– आसन्न निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाउनु । अनि, धर्नामा बस्ने थिए संस्थापन इतर समूहका नेता । पछिल्लो समय समानुपातिक उम्मेवारको विषयलाई लिएर सुरु भएको कांग्रेसभित्रको कचिंगल धर्नासम्म पुगेको छ ।
सोमबारदेखि नै बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहेको छ । बैठकको उद्देश्य पनि यो किचलोलाई अन्त्य गर्ने भएको नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस