aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ईन्सिच्युटकाका नाममा नक्कली काम, नक्कली छाप र कागजात बनाउने संलग्न पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
ईन्सिच्युटकाका नाममा नक्कली काम, नक्कली छाप र कागजात बनाउने संलग्न पक्राउ

काठमाडौं । नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा विगतमा मेजुकी जापानिज ल्याङ्ग्वेज ईन्सिच्युटका संचालक काठमाडौं नागार्जुन नगरपालिका(८ का ३३ वर्षीय बिनोद बरूवाल र नागार्जुन नगरपालिका(५ बस्ने काठमाडौं महानगरपालिका(१५ किमडोल ठेगाना भएकी ३३ वर्षीय रेनु लामा रहेको प्रहरीले जनाएको छ । 

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका महत्वपूर्ण कागजातहरु तथा छापहरुको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विभिन्न विद्यार्थीहरुको नाम सहित विवरण भएको रजिष्ट्रर ४ थान, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयको नामको रबर छापहरू ३९ थान, विभिन्न कम्पनीको पेन ड्राइभ ११ थान र विभिन्न व्यक्तिहरूको नाममा रहेको प्रमाण प्रत्र समेत बरामद गरेको छ । 

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस