aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, १४ असोज २०७९
लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

काठमाडौं । अन्तिम दिन बिहीवार लघुबिमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । बीमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुबिमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले मात्र आवेदन दिएकोमा अन्तिम दिन विहीबार थप २१ वटा कम्पनीले आवेदन दिएका छन् ।

बीमा समितिले २० भदौमा ७ वटा लघुविमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो । समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस