aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

दशैंको मुखमै रोकियो सभामुख र उपसभामुखको तलबभत्ता

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, १४ असोज २०७९
दशैंको मुखमै रोकियो सभामुख र उपसभामुखको तलबभत्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ । असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो ।

सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ ।

सभामुखको कार्यकालबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गत असोज ६ गते रिट दायर भएको थियो । अदालतको फैसला नआएसम्म असोज १ पछिका सेवासुविधा रोकिएको स्रोतले बताएको छ । 

समानुपातिकतर्फको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म संसद्को कार्यकाल रहेकाले सभामुख र उपसभामुख कायम रहने वा नरहने भन्ने विषय विवादित छ ।

प्रतिक्रिया दिनुहोस