काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सरुवा भएको छ । राजदूत होउ चीनका दक्षिण पुर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्नेगरि राजदूत बन्न लागेकाले नेपालबाट सरुवा भएकी हुन् ।
कुटनितिक स्रोतका अनुसार उनको जिम्मेवारीमा चीनको इन्डोनेशियासङ्गको द्वीपक्षीय सम्बन्ध पनि छ । उनी डिसेम्बर अघि नै नेपालबाट बिदा हुनेछिन् । नेपालका लागि नयाँ चिनियाँ राजदूतको नियुक्ति प्रक्रिया अब चाडैं अघि बढ्ने स्रोतको भनाइ रहेको छ ।
होउ सन् २०१८ मा राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस