काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले बुधवार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।
कार्यकारी निर्देशक कँडेलले भने, आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनियाँ कम्पन सिनो हाइड्रोलाई ठेक्का दिने पक्कापक्की जस्तै भएको छ । उनका अनुसार समितिले अनुमान गरेभन्दा करिब १५ प्रतिशत अर्थात् ४५ देखि ५० करोड रुपैयाँ कममा सिनो हाइड्रोले बोलपत्र पेस गरेको थियो ।
समितिका अनुसार सुरुङ फिनिसिङका लागि ७५ करोड रुपैयाँ र हेडबक्स निर्माणका लागि ९० करोड रुपैयाँको सम्झौता हुनेछ । जसमा सुरुङ सम्पन्न गर्ने १२ महिनाको अवधि हुने खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस