aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जापानको सिप र भाषा परीक्षा कात्तिकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
जापानको सिप र भाषा परीक्षा कात्तिकमा

काठमाडौं, । रोजगारीका लागि जापान जानेका लागि आउँदो कात्तिक १० र ११ गते (अक्टोबर २७ र २८ तारिख) मा भाषा परीक्षा हुने मिति तय भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार जापानले। पहिलो चरणमा सुरारे (केयर गिभर) का लागि मात्रै नेपाली श्रमिक लैजानका लागि भाषा परीक्षा गर्ने समय तोकिएको जनाएको छ।

नेपाली श्रमिक लैजाने विषयमा जापानबाट आएको सूचनामा कात्तिकमा भाषा परीक्षा सकेको १० दिनमै सीप परीक्षा हुने गरी समय तोकेको पनि श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सीप परीक्षा आउँदो कात्तिक २० र २१ गते हुने गरी तय भएको छ।

श्रम मन्त्रालयका सह-सचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख उमेश ढुङ्गानाले भाषा परीक्षामा उत्तीर्ण भएका मात्रै सीप परीक्षाका लागि योग्य हुने जानकारी दिए। उनले जापानले केयर गिभरमा नेपाली श्रमिक लैजानका लागि भाषा परीक्षा र सीप परीक्षा तोकिएको छ तर सङ्ख्याकाबारे अहिलेसम्म मन्त्रालयलाई जानकारी नभएको स्पष्ट पारे।

साथै सहसचिव ढुङ्गानाले दुवै परीक्षामा सफल भएका कहिलेसम्म जापान पुगिसक्छन् भन्ने विषयको अहिलेसम्म कुनै टुङ्गो नलागेको पनि स्पष्ट परे।

कात्तिक १० र ११ गते श्रमिक जापान लैजाने विषयमा सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो चरणमा केयर गिभरका लागि जनशक्ति लैजान लागेको हो। 

सम्झौता अनुसार जापानका विभिन्न १४ क्षेत्रमा नेपालसहित विभिन्न नौ देशबाट श्रमिक लैजाने तय भएको थियो। उक्त सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारीमा रहेका रामप्रसाद घिमिरे र जापानी राजदूत मासासी ओगवाले हस्ताक्षर गरेको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस