काठमाडौं । उदयपुर जापान समाजले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । नेपालीहरूको महान् पर्व विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको हो ।
उक्त कार्यक्रम जुम मार्फत हुने आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्का रहने भएका छन् । यस कार्यक्रमको संयोजकत्व नरेन्द्र बस्नेत (दिनेश)ले गर्ने छन् ।
उदयपुर जापान समाजले विगत लामो समयदेखि नेपाल तथा जापानमा रहेका नेपालीहरूको विभिन्न समस्याहरूलाई सहयोग गर्दै आएको छ । यस उदयपुर जापान समाजको गठन निलम राउतले गरेका हुन् । उदयपुर जापान समाजले अब चाडै नै आम सभा गरी कार्यसमिति समेत चयन गर्ने तयारी रहेको उदयपुर जापान समाजका फाउन्डर राउतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस