काठमाडौँ । नेपालका प्रयोगशालामा गरिएका खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परीक्षणलाई 'अन्तराष्ट्रिय बेन्च मार्क' का आधारमा वैद्यता दिन भारतीय पक्षले सहमति जनाएको हो ।
यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउनसहज हुनेछ । यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैँचीलगायत कृष्जिन्य वस्तुनिर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले विभागले गरेको खाद्य गुणस्तर परीक्ष्ण्क पमाणपत्र लाई मान्यता दिन भारतीय पक्ष सहमत भएको बताए ।
२० वटा निर्यातजन्य वस्तुमा खाद्य प्रविधिले गरेको सर्टिफइड सर्टिफिकेट लाई भारतले मान्यता दिने भएको , प्रवक्ता महर्जनले भने भारतसँग एमओयू गरेपछि यो व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउँछ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई पक्षबिच एमओयूमा हस्ताक्षर हुने बताइएको छ । उच्चस्तरीय संयुक्त आयोगको पाँचौँ बैठक बुधवार काठामाडौंमा सुरु हुने समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस