aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ब्यारेकभित्रै महिला प्रहरी बलात्कारका आरोपी छुटाउन कांग्रेस नेताहरूको दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ असोज २०७९
ब्यारेकभित्रै महिला प्रहरी बलात्कारका आरोपी छुटाउन कांग्रेस नेताहरूको दबाब

काठमाडौं । महिला प्रहरीमाथि व्यारेकमै बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षकलाई छुटाउन कांग्रेस नेताहरूको चर्को दबाब सुरु भएको खुलेको छ । गत वर्ष मंसिर ४ गते खोलानाला पुगेका प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई छुटाउन कांग्रेस नेता तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरतकुमार शाहसहित नेपाली कांग्रेसका नेताहरूले प्रहरी प्रधान कार्यालयमार्फत दबाब दिएको खुलेको हो ।

धादिङका एक प्रहरी अधिकृतका अनुसार ढुंगानालाई मिलाएर मुद्दा चलाउन र सहज बनाउन दबाब दिँदै शाह लगायत बालुवाटारबाट समेत पटक पटक फोन आउने गरेको छ । धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले फोनबाट आउने दबाबका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेको प्रहरी अधिकृतहरू बताउँछन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका पूर्व सभापति भरतकुमार शाहकी श्रीमती कांग्रेस रुपन्देहीकी उपसभापति अनिता ढुंगाना शाहका सहोदर भाइ हुन् । नेता शाह प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ हुन् ।

प्रतिक्रिया दिनुहोस