aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

एमालेका पोलिट्ब्यूरो सदस्य ढुंगेल मृत भेटिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ असोज २०७९
एमालेका पोलिट्ब्यूरो सदस्य ढुंगेल मृत भेटिए

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल  मृत भेटिएका छन । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासको बाथरुममा चिप्लिए। उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ढुंगेल परिवारका अन्य सदस्यहरु भने बर्दिबास गएकाले उनी एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । नेकपा मा‌ओवादीबाट ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्य समेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।  

माओवादी छाडेपछि ढुंगेल अहिले एमाले प्रदेश १ कमिटी सदस्यका रुपमा सक्रिय थिए। २०७७ पुसमा तत्कालीन नेकपा विभाजित भएसँगै उनी पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर केपी ओलीतिर लागेका थिए। 

ढुंगेलले त्यसबेला आफूलाई जनयुद्धसम्बन्धी मुद्दामा जेल हालिँदा पनि प्रचण्डले कुनै पहल नगरेको गुनासो गरेका थिए। उनले प्रचण्डले जनयुद्धका आफ्नो र परिवारको स्वार्थपूर्ति मात्रै गरेको बताएका थिए। 

प्रतिक्रिया दिनुहोस