aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ असोज २०७९
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

दाङ । दंगिशरण गाउँपालिका-५ डाँडा चिसस्थित २२ वर्षीय देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा देवराज गिरी समेत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले  उनीहरुलाई नगद ५ लाख २८ हजार ३ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस