aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यी हुन् ४८ दलका २४ सय ३६ जना समानुपातिक उम्मेदवारहरु (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
यी हुन् ४८ दलका २४ सय ३६ जना समानुपातिक उम्मेदवारहरु (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएका ४८ दलका २ हजार ४ सय ३६ जनाको नामावली आयोगले सार्वजनिक गरेको हो । 

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । 

प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ । 

यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ । 

समानुपातिक सूची :

प्रतिक्रिया दिनुहोस