
भक्तपुर । भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो ।
यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठको पनि यस क्षेत्रमा दाबी थियो । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हो । पछिल्लो स्थानीय निकायको निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । तर, एमालेका मेयर बासुदेव थापा कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेललाई झिनो मतान्तरणले पराजित गरी विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस