aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चितवन क्षेत्र नं ३ मा चुनावमा उठ्न अस्पतालको अध्यक्षबाट राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
चितवन क्षेत्र नं ३ मा चुनावमा उठ्न अस्पतालको अध्यक्षबाट राजीनामा

चितवन । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादीकेन्द्रको भागमा परेको छ ।
 
विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । डा अधिकारी सङ्घीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष हुन । उनले आजै राजीनामा दिएर उम्मेदवारी दिने जानकारी दिए । उनी माओवादीको स्वास्थ्य जनसङ्ख्या विभागको केन्द्रीय सचिव समेत हुन । 

प्रतिक्रिया दिनुहोस