aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

भारत सरकारद्वारा आईडीबीआई बैंकको ६०.७२ प्रतिशत शेयर बेच्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
भारत सरकारद्वारा आईडीबीआई बैंकको ६०.७२ प्रतिशत शेयर बेच्ने निर्णय

एजेन्सी । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) र केन्द्र सरकारले आईडीबीआई बैंकको ६०.७२ प्रतिशत शेयर बेच्ने निर्णय गरेको छ। हाल आईडीबीआई बैंकमा एलआईसी र केन्द्र सरकार दुवैको करिब ९४ प्रतिशत हिस्सा छ। जसमध्ये केन्द्रीय सरकारको ४५.४८५ र एलआइसीको ४९.२४ प्रतिशत जुन ३० सम्म रहेने छ।

 केन्द्र सरकारले आईडीबीआई बैंकको ३०.४८ प्रतिशत शेयर बेच्ने निर्णय गरेको छ । जबकि एलआइसीले आफ्नो ३०.२४ प्रतिशत शेयर बेच्नेछ। भारतमा सार्वजनिक क्षेत्रको बैंकलाई निजीकरण गर्ने यो पहिलो प्रयास हुनेछ।

गत वर्ष, केन्द्रीय सरकारले आईडीबीआई बैंकबाट बाहिरिने धारणा बाहिर ल्याएको थियो। बैंक मे २०१७ देखि मार्च २०२१ सम्म भारतीय रिजर्व बैंक(आरबीआइ) को शीघ्र सुधारात्मक परिधिमा  थियो। 

प्रतिक्रिया दिनुहोस