aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गोरखा–२ मा प्रचण्डविरुद्ध उम्मेदवारी दिने मियाँ को हुन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
गोरखा–२ मा प्रचण्डविरुद्ध उम्मेदवारी दिने मियाँ को हुन् ?

गारखा । आगामी मंसि।र ४ गते हुन लागिरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएपछि प्रतिपक्षी दल नेकपा (एमाले)ले एक युवालाई उनको प्रतिस्पर्धी उम्मेदवारका रुपमा अघि सारेको छ । एमालेले आफ्नो पार्टीका तर्फबाट २८ वर्षीय युवा अब्दुस मियाँलाई सो क्षेत्रमा उम्मेदवार बनाएको हो ।  

मियाँले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा १ बजे  पुगेर उम्मेदवारी दर्ता गराएका छन् । एमालेतर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा रामशरण बस्नेत, क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभामा सुरेन्द्र थापा, सोही क्षेत्रको ‘ख’ प्रदेश सभामा मोहन भट्टराई, क्षेत्र नम्बर २ को ‘क’ प्रदेशसभामा राजु राना र क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशसभामा बसन्त गुरुङ प्रत्यक्षतर्फ एमालेबाट उम्मेदवारी र दर्ता गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस