काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रतिनिधिसभा निर्वाचनमा आफूदले टिकट पाउने पक्का भएपछि पदबाट राजिनामा दिएका छन् । उनलाई नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको हो । उनले उपाध्यक्षबाट असोज २० गते नै राजीनामा दिएका थिए।
अर्थशास्त्री तथा आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले पनि चितवनबाट नै प्रतिनिधिसभामा उम्मेदावरी दिने तयारीमा थिए । उक्त निर्वाचन क्षेत्रमा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस