काठमाडौं । गएको बैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेर पराजय व्यहोरेका नेवा आन्दोलनका अभियन्ता सुमन सायमीले काठमाडौंको क्षे नं. ८ बाट उम्मेदवारी दिएका छन् । स्ृथानीय निर्वाचनमा आँखीझ्याल चुनाव चिन्हबाट उम्मेदवारी दिएका उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । सायमीले काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्दा चौथो स्थान ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस