aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

निर्वाचनलाई शेयर बजारले स्वागत गर्यो, दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
निर्वाचनलाई शेयर बजारले स्वागत गर्यो, दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज दोहोरो अंकले बढेको छ । दशैंको लामो विदापछि खुलेको बजारमा कारोबार रकममा पनि सुधार आएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता आज देशैभरी भइरहेकाले पनि यसको सकारात्मक असर शेयर बजारमा परेको हुनसक्छ । दशैं अघि दोहोरो अंकको वृद्धि भएर बजार बन्द भएको थियो ।  

आज नेप्से ४४.६२ अंकले बढेर एक हजार ८ सय ९८ दशमलब ३८ विन्दुमा बन्द भएको छ । आज नेप्से १५.९२ अंकले बढेर एक हजार ८ सय ३१ दशमलब ०५ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, शेयरबजार बढे पनि कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा ८३ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि नेप्सेमा ६६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको  थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज २ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको  शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३१  रुपैयाँ पुगेको छ ।

त्यस्तै, उपकार लघुवित्त संस्थाको शेयर ९.८४ प्रतिशतले वृद्धि भएर तीन हजार चार सय ६० रुपैयाँ पु्गेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज २२ करोड ६९खलाखभन्दा बढीको कारोबार भएको छ ।          
 

प्रतिक्रिया दिनुहोस