aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

तालमेलको सम्झौता गरेको मसी नसुक्दै एमालेले दियो जसपालाई धोका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
तालमेलको सम्झौता गरेको मसी नसुक्दै एमालेले दियो जसपालाई धोका

विराटनगर । नेकपा (एमाले)ले जनता समाजवादी पार्टी (जसपा)लाई धोका दिएको छ । गठबन्धनको सम्झौता अनुसार जसपाको भागमा परेको मोरङको निर्वाचन क्षेत्र नं ६ (२) मा एमालेले युवा संघका नेता पर्शुराम बस्नेत र निर्वाचन क्षेत्र नं ४ (२) मा जीवन घिमिरेलाई उठाएको हो ।

घिमिरेले टिकट नपाएपछि त्यो क्षेत्रमा जसपाका संजयकुमार सिंहलाई समर्थन गरी उम्मेदवार बनाउने तय भएको थियो । घिमिरे प्रदेश नं १ सरकारका पूर्वसामाजिक विकासमन्त्री हुन् । १० बुँदे समर्थक घिमिरेलाई टिकट नदिएर त्यहाँ जसपालाई टिकट दिन लागिएको थियो ।

जसपालाई एमालेले अब प्रतिनिधिसभातर्फ मोरङ ५ र प्रदेशसभाका दुई क्षेत्रमा समर्थन गर्ने भएको छ । प्रतिनिधिसभामा जसपाबाट राजकुमार यादव उम्मेदवार भएका छन् । 

प्रतिक्रिया दिनुहोस