aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बाबुराम र नारायणकाजीलाई दाँयाबाँया राखेर गरे प्रचण्डले मनोनयन दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
बाबुराम र नारायणकाजीलाई दाँयाबाँया राखेर गरे प्रचण्डले मनोनयन दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ मनोनयन दर्ता गराएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेको डा. बाबुराम भट्टराईको सो निर्वाचन क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले मनोनयन दर्ता गराएका हुन् । 

प्रचण्ड आइतबार भट्टराई र माओवादीा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर गोरखा पुगेका थिए । उनले नेताद्वयलाई दायाँबायाँ राखेर उम्मेदवारी दर्ता गराएका छन् । 

प्रचण्डले हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिने गरेका छन् । २०६४ को निर्वाचनमा काठमाडौं र रोल्पाबाट निर्वाचन जितेका उनले २०७० सालको निर्वाचनमा भने काठमाडौंसहित सिराहाबाट उम्मेदवारी दिएका थिए । त्यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट निर्वाचन जितेका उनी यसपटक भने गोरखा पुगेका छन् । 
 

प्रतिक्रिया दिनुहोस