aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बादल र अष्टलक्ष्मी उठ्न डराएको काठमाडौं–१० र ८ मा एमालेको उम्मेदवार को ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
बादल र अष्टलक्ष्मी उठ्न डराएको काठमाडौं–१० र ८ मा एमालेको उम्मेदवार को ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभाको टिकट पाएका उपाध्यक्षद्वय रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्यले उम्मेदवार बन्न अस्वीकार गरेपछि यी क्षेत्रमा नयाँ अनुहार खडा गरिएको छ ।  

बादलका लागि छुट्याएको काठमाडौं १० र शाक्यका लागि छुट्याएको काठमाडौं ८ मा उठ्न दुवै उम्मेदवारले अस्वीकार गरेपछि एमाले समस्यामा परेको थियो । तर, दुवै उपाध्यक्षले चुनाव नलड्ने भएपछि ती क्षेत्रमा एमालेले उम्मेदवार फेरेको छ । 

अब काठमाडौं १० मा एमालेका तर्फबाट निमेष केसीले चुनाव लड्ने भएका छन् । यस्तै, काठमाडौं ८ मा शिवसुन्दरराज वैद्यले चुनाव लड्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस