
एजेन्सी । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्क एकै दिनमा १० अर्ब डलरभन्दा बढी घाटा बेहोरेको छन् । ब्लूमबर्गको अर्बपति सूचकांकमा टेस्ला र स्पेसएक्स जस्ता कम्पनीका मालिक मस्कको सम्पत्ति एकै दिनमा १०.३ अर्ब डलर घटेको छ। यसपछि उनको नेट वर्थ घटेर २१० बिलियन डलर पुग्यो ।
ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसलाई एकै दिन ५ अर्ब ९२ करोड डलरको घाटा भएको छ । बेजोसको कुल सम्पत्ति १ सय ३७ बिलियन डलरमा झरेको छ । योसँगै सूचीको तेस्रो नम्बरमा रहेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति ४ अर्ब ८५ करोड डलरले घटेर १३१ अर्ब डलरमा झरेको छ ।
सूचीमा चौथो नम्बरमा रहेका एसियाका धनी गौतम अडानीले २ अर्ब ११ करोड डलर वा १७ हजार करोडभन्दा बढीको सम्पत्ति गुमाएपछि उनको कुल सम्पत्ति १२५ अर्ब डलरमा झरेको छ । पाँचौं धनी माइक्रोसफ्टका बिल गेट्सको सम्पत्ति २.६५ अर्ब डलरले घटेर १०६ अर्ब डलर पुगेको छ भने छैटौं धनी वारेन बफेटको सम्पत्ति २.२९ अर्ब डलरले घटेर ९४.२ अर्ब डलर पुगेको छ ।
अर्बपतिको सूचीमा सातौं स्थानमा रहेका ल्यारी पेजले एकै दिन २ अर्ब १८ करोड डलर घाटा बेहोरेका छन् र उनको कुल सम्पत्ति ९१.३ अर्ब डलर रहेको छ भने विश्वका आठौं धनी व्यक्ति सर्गेई ब्रिन (सर्गे ब्रिन)को कुल सम्पत्ति २.०७ अर्ब डलर छ । नवौं धनी स्टिभ बाल्मरको नेटवर्थमा पनि तीव्र गिरावट आएको छ र यो ४.०३ बिलियन डलरले घटेर ८३.८ बिलियन डलरमा झरेको छ।
शीर्ष १० अर्बपतिको सूचीमा १० औं स्थानमा रहेका मुकेश अम्बानीको नेटवर्थमा पनि कमी आएको छ । एकै दिनमा उनले ९३.७ मिलियन डलर नोक्सान बेहोरेका छन् । सम्पत्तिमा आएको यो गिरावटसँगै अम्बानीको कुल सम्पत्ति ८३.६ बिलियन डलरमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस