काठमाडौं । पत्रकारिताबाट चर्चामा आएका रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनले दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेृका लामिछाने चितवनमा गएर प्रनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
उम्मेदवारी मनोनय दर्ता गरेपछि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिए। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर।’
प्रतिक्रिया दिनुहोस