aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

हेटौडा । नेकपा (एमाले)ले  यही मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले  हेटौँडामा रहेको  जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् ।
 
 पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रिय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको भए पनि  अन्तिम अवस्थामा कमल थापालाई उम्मेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्टभएको पाइएको छ ।को हो । 

प्रतिक्रिया दिनुहोस