aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कसले सुन्ने हजुर किसानका यी कहर ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
कसले सुन्ने हजुर किसानका यी कहर ?

काठमाडौँ । कृषक दर्गा लिम्बु कृषि व्यवसायका लागि अनुदान लिन धेरैपटक कृषि ज्ञान केन्द्र धाए । जति धाए पनि प्रतिफल भने पाएनन् । उनले कफी खेती विस्तारका लागि अनुदान लिन खोजेका थिए । सहयोग नपाउँदा अहिले निराश छन्।

एकातिर यस्तो अवस्था छ भने अर्कातिर गत आर्थिक वर्षमा जिल्लामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि आएको करिब ४ करोड रुपैयाँ बजेट फ्रिज गयो। यस्तो सरकारी काम गराइले अधिकांश चिया तथा कफी खेतीमा संलग्न कृषक प्रभावित बनेको कफी व्यवसायी संघका अध्यक्ष डिल्लीश्वर दर्नालले बताए।

'अनुदान रकम माग गर्न कयौं पटक कार्यालय धाउँदा पनि पाइएन,' उनले भने, 'काम गर्ने उत्साह भएर पनि आर्थिक अभाव भएपछि जाँगर मर्ने अवस्था छ।' जिल्लामा रहेका २२१ कफी कृषक यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । दर्नालले ५० रोपनी क्षेत्रफलमा कफी खेती गर्दै आएका छन्। उनले २ लाख कफीका बिरुवा उत्पादनसमेत गरेका छन्।

यसै आर्थिक वर्षदेखि कफी व्यवसायलाई पूर्वका अन्य जिल्लामा पनि विस्तार गरिने राष्ट्रिय कफी तथा चिया विकास बोर्डको सूचना अधिकारी गौरव लुइँटेलले बताए। यसरी कफी खेती विस्तारका क्रममा आवश्यक अनुदान तथा बजेटबाट
किसानलाई बिमुख हुन नदिन जरुरी रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस