काठमाडौं । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानुर क्षेत्र नम्बर २(ख) बाट ईन्द्रबहादुर बानियाले उम्मेदावारी दर्ता गराएका छन् । त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट महालक्ष्मी उपाध्याय र क्षेत्र नम्बर १(ख) बाट आनन्द राम पराजुलीले मनोनयन गराएका छन् ।
बानियाँले आफ्नो उम्मेदवारी नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् व्यवस्थाको स्थायित्व, दीगो विकास, आर्थिक समुन्नती, जनताको शान्ति सुरक्षा र अमन चयनको लागि भएको बताएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, 'आज गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा २ को (ख) बाट प्रदेशसभातर्फ प्रत्यक्षमा उम्मेदवारी दर्ता गरेको छु । सम्पूर्ण मकवानपुर क्षेत्र नम्बर २ (ख)का न्यायप्रेमी जनताप्रति साथ र सहयोगको अपेक्षा गर्दछु ।'
प्रतिक्रिया दिनुहोस