काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गृह जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका छन ।
रौतहट निर्वाचन क्षेत्र नं १ बाट उनले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन । पाँचदलीय गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री नेपालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमै पुगेर पहिलो नम्बरमा मनोनयन दर्ता गाराए ।
गौर नगरपालिकाका प्रमुख एवं नेकपा (एकीकृत समाजवादी) रौतहटका नेता शम्भु साहको प्रस्ताव तथा राजदेवी नगरपालिकाका प्रमुख एवं कम्युनिष्ट नेता भिखारीप्रसाद यादवको समर्थनमा पूर्व प्रधानमन्त्री नेपालले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन दर्ता गराउन नेपालको समर्थनमा निस्केको जुलुसमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सत्यनारायण भगत, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहलगायतको सहभागिता थियो ।
यसैगरी रौतहट निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा पूर्व सहरी विकासमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आफ्नो मनोनयन स्वतन्त्रबाट दर्ता गराएका छन । पार्टीले टिकट दिए पनि उनले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पार्टीभन्दा जनता र कार्यकर्ता ठूलो भएकाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको साहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस