aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाली जहाजको युरोप यात्राको भविष्य कात्तिकमा टुङ्गो लाग्ने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २४ असोज २०७९
नेपाली जहाजको युरोप यात्राको भविष्य कात्तिकमा टुङ्गो लाग्ने

काठमाडौं । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ। सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे दुई दिन अध्ययन तथा अनुगमन गरेर फर्किएको ईयूको प्राविधिक सहयोग टोलीले कात्तिक ११ गते प्रतिवेदन बुझाउने भएको छ। 

कालोसूचीबाट हटाउन नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न आठ वर्षपछि नेपाल आएको उक्त टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ। दशैँको टीकाका दिन नेपाल आएको उक्त टोलीले असोज २० र २१ गते अध्ययन तथा अनुगमन गरेको थियो। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०ले गरेको मूल्याङ्कन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएपछि नेपाल आएको उक्त टोलीले गरेको अध्ययन तथा अनुगमनपछि नेपाली वायुसेवा कम्पनी युरोपमा उड्न पाउने नपाउनेबारे चाँडै निर्णय हुने भएको हो।

प्रतिक्रिया दिनुहोस