aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कलाकारलाई राजनीतिको रहर, कसले कहाँ दिए उम्मेदवारी ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, २४ असोज २०७९
कलाकारलाई राजनीतिको रहर, कसले कहाँ दिए उम्मेदवारी ?

काठमाडौं । प्रतिनिधिसभातर्फ सांसदमा स्वतन्त्र उम्मेदवारी दिने कलाकारमा गायक सञ्जय श्रेष्ठ पनि रहेका छन् । उनले आइतबार काठमाडौं क्षेत्र–६ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिमा लागेर समाज परिवर्तनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् । उनले तारकेश्वरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, चलचित्र निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ पनि यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका थिए । आफूले धादिङको क्षेत्र नम्बर–१ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको निर्माता तथा अभिनेता श्रेष्ठले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस