aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

डडेल्धुरामा विपक्षी गठबन्धन तोडिएपछि देउवा ढुक्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
डडेल्धुरामा विपक्षी गठबन्धन तोडिएपछि देउवा ढुक्क

धनगढी । नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ । एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो । तर, आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

स्नेही पूर्व राष्ट्रियसभा सदस्यसमेत हुन् । एमाले डडेल्धुराले केन्द्रबाट आधिकारीक रूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ । उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रतिनिधिसभामा कांग्रेस (बीपी) का वरिष्ठ उपाध्यक्ष समेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति पनि हुन् । नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशिल सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उनी कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

प्रतिनिधिसभामा हालै एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किएका बिक्रमबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस