काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारवाहीमा लिएका कागजपत्र फिर्ता लिन सेवाग्राहीलाई अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै उपत्यका ट्राफिक प्रहरीले यस्तो जनाएको हो ।
उक्त विज्ञप्तीमा भनिएको छ, ‘काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्धारा कारवाहीको क्रममा आर्थिक वर्ष २०७८÷७९ सम्म खिचिएका कागजपत्र (सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताव र सवारी इजाजतपत्र) यही मिति २०७९ असोज ३१ गतेभित्र यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउन लागिएको हुँदा सेवाग्राहीलाई गत आवको असार मसान्त सम्मको कागजपत्र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा लिन आउन अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस