aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

दुई थान आईफोन र सुन बोकेर दुबईबाट काठमाडौं आएका किरण पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
दुई थान आईफोन र सुन बोकेर दुबईबाट काठमाडौं आएका किरण पक्राउ

काठमाडौं । दुबईबाट काठमाडौं आएका एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातुको करिब ६० ग्राम तौलको औठी ३ थान र आईफोन मोबाईल २ थान सहित रामेछाप सुनापती गाउँपालिका २ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाईल फेला पारी पक्राउ गरेको हो । 

उक्त धातु र मोबाईल सहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस