aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

२८ लाख ५६ हजार अवैध भारुसहित तीन जना महिला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
२८ लाख ५६ हजार अवैध भारुसहित तीन जना महिला पक्राउ

काठमाडौं । २८ लाख ५६ हजार अबैध भारतिय रुपैयाँसहित तीन जना महिला पक्राउ परेका छन् । प्रतिबन्धीत भारतिय रुपैयाँ वीरगञ्जको सीमा हुँदै नेपाल भित्र्याउँदै गरेका तीन जना महिला पक्राउ परेका हुन् । 

जिल्ला प्रहरीका कार्यालय पर्साका अनुसार वीरगञ्जको इनरुवा प्रहरीको सयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा २८ लाख ५६ हजार भारतिय रुपैयाँ सहित तीन जना पक्राउ परेका हुन् । 

भारतको रक्सौलदेखि वीरगञ्ज आउँदै गरेकी नुवाकोटकी अनिता तामाङ, मञ्जु तामाङ र सरिता अग्रवाल पक्राउ परेका हुन् । उनीहरुले नेपालमा प्रतिबन्धीत पाँच सय र हजारका भारतिय नोट बरामद गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस