aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

अर्थतन्त्रमा बैंकलाई कोल्याप्स हुनबाट बचाउनु पर्छ भन्ने अनुसन्धान गर्ने तीन जनाले पाए नोबल पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
अर्थतन्त्रमा बैंकलाई कोल्याप्स हुनबाट बचाउनु पर्छ भन्ने अनुसन्धान गर्ने तीन जनाले पाए नोबल पुरस्कार

एजेन्सी । सन् २०२२ मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार बेन एस र्बनान्क, डुगल्स डब्लु र फिलिप एच डिबिग पाएका छन् । नोबेल पुरष्कारबाट सम्मानित बेन एस र्बनान्क अर्थशास्त्र अध्ययनमा दी बु्रकिन्स इन्स्टीच्युसनका सिनियर फेल्लो हुन्  । डुगल्स डब्लु डायमन्ड सिकागो विश्वविद्यालयका विशिष्ट फाइनान्स फ्रोफेसर रहेका छन् । भने फिलिप एच डिबिग वासिङटन विश्वविद्यालयका विशिष्ट बैंकिङ्ग तथा फाइनान्स प्रोफेसर रहेका छन् । सम्मानित भएका अर्थशास्त्रीहरुलाई १० मिलियन स्वीडिस क्रोनोरले पुरष्कृत गरिएको छ ।

उनीहरुले विश्वभरी आर्थिक संकटमा बैंक र वित्तीय संकट शीर्षकमा अनुसन्धान गरी आर्थिक संकटको बेलामा बैंकहरुको भूमिका कस्तो रहन्छ भन्ने शिर्षकमा अध्ययन गरेका थिए । उनीहरुले बैंकहरु कोल्याप्स हुँदा अर्थतन्त्रमा कस्तो असर पर्न जान्छ र किन बैंकहरुलाई कोल्याप्स हुनबाट बचाउनु पर्छ भन्ने निष्कर्ष निकालेका थिए । 


 

प्रतिक्रिया दिनुहोस