aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

छोराको शव जलाउदै गरेका बाबुसहित १३ जना बगायो पहिरोले

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, २५ असोज २०७९
छोराको शव जलाउदै गरेका बाबुसहित १३ जना बगायो पहिरोले

काठमाडौं । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । मुगुमा आठ जनाको मृत्यु भएको छ । कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ । कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन् । यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो । 

तिलाकर्णाली र कुकुर खोला दोभानमा रहेको घाटमा शव जलाउँदै गरेका बेला घटना भएको प्रहरीले जनाएको छ । सोमबार अबेरसम्म कोही पनि फेला परेका छैनन् । उनीहरू पहिरोसँगै तीलाकर्णालीमा बगेको हुन सक्ने स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस