aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

घुससहित मालपोत कार्यालयका अधिकृत पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
घुससहित मालपोत कार्यालयका अधिकृत पक्राउ

पोखरा । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले कुँवरलाई घुस लिइसकेको अवस्थामा पोखरा–७ मुस्ताङ चोकबाट नियन्त्रणमा लिएको हो ।

५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस