काठमाडौं । प्रहरीले दुई लाख ७२ हजार बराबरको पटाका बरामद गरेको छ । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले पटाका बरामद गरेको हो ।
मोरङको रंगेली नगरपालिका ९ दर्बेसाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका ३ हजार प्याकेट सहित सुनवर्षी नगरपालिका ८ हस्नगडी बस्ने ३० वर्षीय जितेन्द्र राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र १ ०२ ००२ ह ८७८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको उक्त पटाका सहित उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको रंगेली नगरपालिका ४ चोप्राहास्थित धाधरी खोलाको बगरबाट करिब १ लाख २२ हजार २ सय रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका २ हजार ४ सय ४४ प्याकेट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जनाले देख्नासाथ सामान छोडी फरार भएपश्चात ४ वटा बोरामा रहेको उक्त पटाका प्रहरीले बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस