aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग पैसा माग्ने रविन घिमिरे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग पैसा माग्ने रविन घिमिरे पक्राउ

मोरङ । प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका २ बस्ने २९ वर्षीय रविन घिमिरेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही महानगरपालिका १५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस