aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

तरकारी बोकेको मिनी ट्रक त्रिशूलीमा खस्यो, दुईजना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
तरकारी बोकेको मिनी ट्रक त्रिशूलीमा खस्यो, दुईजना घाइते

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उनले बताए । चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनी ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस