aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाईने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाईने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाउनेबारे एक सूचना जारी गरेको छ । कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईने भएको हो । 

मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, ‘आगामी कार्तिक २ र ३ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाईदै छ ।’ 

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउन समेत मन्त्रालयले आग्रह गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस