काठमाडौं । नेपाली कांग्रेसबाट बागी उम्मेदावर बनेका केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट निष्कासित भएका छन् । चितवन ३ बाट बागी उम्मेदवारी दिएका कोइरालाले बागी उम्मेदवार फिर्ता नलिएपछि कांग्रेसबाट स्वतः निष्कासनमा परेका हुन् ।
कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर तोकिएको समय सीमाभित्र आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी फिर्ता नलिए ‘बागी’ उम्मेदवारसँगै प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएको थियो।
प्रतिक्रिया दिनुहोस