aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

आज कुनकुन प्रदेशमा पानी पर्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ असोज २०७९
आज कुनकुन प्रदेशमा पानी पर्ला ?

काठमाडौं । हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ। 

आज दिउँसो प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र बागमती  प्रदेशका थोरै  स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राती प्रदेश १, बागमती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका थोरै  स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 


प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरोको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस