aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अन्तत: ३ सय ७६ जनाको उम्मेदवारी फिर्ता

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, २७ असोज २०७९
अन्तत: ३ सय ७६ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रमा २ हजार ५ सय ३१ जनाको उम्मेदवारी परेकोमा १ सय १९ जनाको उम्मेदवारी फिर्ता भएको प्रारम्भिक विवरण बुधबार रातिसम्म प्राप्त भएको हो ।

प्रतिनिधिसभातर्फ अब २ हजार १ सय ८७ पुरुष तथा २ सय २५ महिला उम्मेदवार गरी २ हजार ४ सय १२ उम्मेदवार कायम भएको छ ।

यसैगरी, प्रदेशसभातर्फ प्रत्यक्षतर्फको ३ सय ३० सिटका लागि ३ हजार ४ सय ८१ जनाको उम्मेदवारी परेकोमा २ सय ५७ जनाले फिर्ता गरेको आयोगले जनाएको छ ।

बुधबार बिहान १० देखि १ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको थियो । फिर्ता भएको संख्याअनुसार प्रतिनिधिसभातर्फ अब ३ हजार २ सय २४ को उम्मेदवारी कायम भएको छ ।

आयोगको प्रारम्भिक विवरणअनुसार प्रदेशसभातर्फ अब २ हजार ९ सय ४३ पुरुष तथा २ सय ८० महिला र एक अन्य उम्मेदवार कायम भएका छन् ।

प्रतिक्रिया दिनुहोस