aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जुवातास खेलिरहेका १९ जना पक्राउ, साढे चार लाख बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ असोज २०७९
जुवातास खेलिरहेका १९ जना पक्राउ, साढे चार लाख बरामद

काठमाडौं । विभिन्न ठाउँमा जुवातास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितवन र बाँकेबाट १९ जनालाई साढे चार लाख भन्दा बढी रकमसहित पक्राउ गरेको हो । 

चितवनको खैरहनी नगरपालिका ३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा चिरञ्जिवी लगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र  एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका ११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा  सोही नगरपालिका ११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ  र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस